Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मंगलबार भेटिए ३११ संक्रमित, काठमाडौंमै भेटिए ५३ जना


    मंगलबार, साउन १३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार देशभर ३ सय ११ जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे ५ हजार ३२ वटा पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ८ सय ८० जना पुगेको छ। काठमाडौं उपत्यकाका ५३ जना संक्रमित भेटिएको छ ।

    नेपालमा पछिल्लाे २४ घण्टामा १ सय २१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १३ हजार ८ सय ७५ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ५ हजार १ सय ३९ रहेको छ । 

    नेपालमा अहिलेसम्म संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार