काठमाडौं।अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भन्दै आशंका व्यक्त गरेकी छन् । समितिको आइतबारको बैठकमा उनले एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा धारणा नदिएकाले अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोलाएको उनले बताइन् ।
‘सदनमा जवाफ दिएको भए प्रधानमन्त्रीलाई समितिमा बोलाउने थिएनौं । सदनमा कुरा उठेको थियो तर प्रधानमन्त्रीले सदनमा आफ्नो धारणा दिनुभएन । सम्बन्धित समिति भएको कारणले गर्दा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको कारणले गर्दा प्रधानमन्त्रीलाई आमन्त्रण गरेका हौं । उहाँको तर्फबाट जवाफ पाउने आशा र अपेक्षा गरेका हौं । हामीले के चाहेका थियौं भने प्रधानमन्त्री सेनापति र परराष्ट्रमन्त्रीलाई बोलाउने भनेका हौं,’ उनले समिति बैठकमा भनिन्, ‘कतिपय सवाल अतिरञ्जित भएर आएका होलान्, कतिपय सवाल गलत ढंगले आएका होलान् ती सबैको जवाफ आधिकारिक रूपमा आओस् भन्ने हाम्रो धारणा हो ।’
निरौलाले नेपाल सधैं स्वतन्त्र रहन चाहेको बताइन् । ‘नेपालमा अमेरिकी सेनाको बुट बजार्ने कुरा आइरहेका छन् । यसले गर्दा सबैको मन रोएको छ । नेपाल स्वतन्त्र राष्ट्र हो । प्रधानन्त्रीलाई फेरि आमन्त्रण गरौं । एमसीसी ब्याख्यात्मक घोषणासहित पारित भयो । एसपीपी पनि ब्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ? यस्तो आशंका जनताले पनि गरिरहेका छन् । नेपाल सधै स्वतन्त्र रहन चाहन्छ,’ उनले भनिन् ।
समितिको आइतबारको बैठकमा प्रधानमन्त्री देउवालाई आमन्त्रण गरे पनि उनी अनुपस्थित भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend