खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले नयाँ बजेट निर्माणका क्रममा सबै दलसँग घोषणा–पत्र माग गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका लागि गाउँपालिकाले एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राप्रपालाई पत्राचार गर्दै लिखित सुझावका साथमा गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला जारी गरेको आ–आफ्नो घोषणा–पत्र उपलव्ध गराउन भनेको हो ।
दलका घोषणा–पत्रमा उल्लेखित कतिपय प्रतिवद्धता गाउँपालिकाको बजेट निर्माणका क्रममा उपयुक्त र उत्कृष्ट हुनसक्ने भएकाले सुझावका साथमा घोषणा–पत्र माग गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शुक्रबार पठाएको पत्रमा आगामी ६ असारसम्ममा बजेट निर्माणका क्रममा आवश्यक सुझावका साथमा घोषणा–पत्र उपलव्ध गराउन भनिएको छ ।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट जन्तेढुंगामा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका अरुणादेबी राई अध्यक्ष र कांग्रेसका खेमबहादुर खड्का उपाध्यक्षमा चुनिएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend