Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कम्युनिष्ट पार्टीहरूलाई एक बनाउने अभियान सुरु गर्छु : वामदेव गौतम


    शुक्रबार, असार ३ २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल कुनै पार्टीमा पनि आवद्ध नभएका वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरूलाई एक बनाउने अभियानमा लागिपर्ने बताएका छन् ।  सांसद गौतमले कम्युनिष्ट पार्टीहरूलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने  बताएका छन् ।

     आज (शुक्रबार) राष्ट्रियसभा बैठकमा  बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहेका सांसद गौतमले कम्युनिष्ट पार्टीहरूलाई एकीकृत गर्नका लागि आफूले कुनै पनि नेताहरुको बारेमा टिकाटिप्पणी नगरेको स्पष्ट पारे ।केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन  उनले भने । र, मेरो ब्यक्तिगत विचार कम्युनिष्ट पार्टीहरू फेरि एकजुट हुनुपर्छ भन्ने हो  भनेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार