काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सेयर बजार अस्थिर बन्दा साना लगानीकर्ताहरू समस्यामा परेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बुधबार सांसद थापाले बजार अस्थिर बन्दा बजारप्रतिको विश्वसनियता समेत गुमेको बताए । उनले प्रत्येक दिन लगानीकर्ताहरू बजारको विश्वसनीयता र स्थिरताको विषयमा भेट्न आउने गरेको बताए ।
विश्वव्यापी रुपमा सेयर बजारलाई अर्थतन्त्रको परिसुचक मान्ने गरिन्छ । बजारको स्थायित्व र सबलताले लगानीकर्ताको मात्र नभई समग्र अर्थतन्त्रको समुन्नति हुने हुन्छ । तर नेपालको बजार लामो समयदेखि अस्थिर बनेको छ । गत भदौमा उच्चतम विन्दु (३२ सय अंक नजिक)मा पुगेको बजार परिसुचक नेप्से दुई हजार अंकभन्दा तल आउँदा बजारप्रतिको विश्वसनियतामा नकारात्मक असर पर्नुका साथै साना लगानीकर्ताहरूको पुँजीनै सकिएर उठ्नै नसक्ने भएको उनले बताए ।
दुःख गरेर कमाएको सानोतिनो रकम लगानी गरेकाहरू अहिले झुन्डिएर मर्छु भन्ने अवस्थामा पुगेकोतर्फ सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै सांसद थापाले अस्थिर नीतिका कारण बजारमा अस्वभाविक उतारचढाव आउन सक्ने अवस्थाको अन्त्य गर्न माग गरे ।
बजारमा सामान्य अवस्थामा हुने उतारचढावलाई लगानीकर्ताले आक्न सक्ने र सोहीअनुसार लगानीको निर्णय गर्नुका साथै जोखिममा पनि सहभागी हुन सक्नुपर्ने उनको भनाइ छ ।
तरता अभावका कारण बजार घट्ने विषय सामान्य भए पनि पछिल्लो घटनाक्रमका सम्बन्धमा ध्यानाकृष्ट हुनुपर्नेमा उनले जोड दिए । बजारको स्थायित्व र विश्वसनियताका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डले गरिरहेका काम कार्वाहीका सम्बन्धमा सदनलाई जानकारी गराउन माग समेत गरेका छन् ।
निजी क्षेत्रका साथै गैरआवासीय नेपालीलाई बजारमा ल्याएर अर्थतन्त्रलाई फराकिलो बनाउने बेलामा बजारको विश्वसनियता नै गुम्ने अवस्थामा पुर्याइनु सकारात्मक नभएको उनले बताए । बजारसम्बन्धी नीति दिगो हुनुका साथै अर्थतन्त्रलाई सबल बनाउने किसिमको हुनुपर्नेमा उनले जोड दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend