बारा । बारा जिल्ला समन्वय समितिमा नेकपा (एमाले)को र लोसपा नेपालको प्यानल नै निर्वाचित भएको छ । सोमबार सम्पन्न निर्वाचनमा जिल्ला जिल्ला समन्वय समिति प्रमुखमा एमालेबाट उम्मेदवार नरेन्द्रकुमार साहले २० मत ल्याएर निर्वाचित भएका हुन् ।
साह कलैया उपमहानगरपालिकाको कार्यपालिकामा निवर्तमान अल्पसंख्यक सदस्य हुन् । उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार देवताल गाउँपालिका सभापति रामदयाल महतो धानुकले १२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा एमालेकी चण्डिका सापकोटाले १७ मत प्राप्त गरी विजयी भएकी छन् । सापकोटाको प्रतिस्पर्धी गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार पवनकुमार व्याहुतले १५ मत प्राप्त गरेका थिए । उपप्रमुखमा निर्वाचित चण्डिका गत स्थानीय तह निर्वाचनमा निजगढ नगरपालिका- ९ बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।
१६ स्थानीय तह रहेको बारामा जिसस निर्वाचनका लागि कुल ३२ मतदाता छन् । जिसस निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र सात जना सदस्य पदका लागि १८ जनाको उम्मेदवारी दर्ता भएको थियो ।
समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनका दल र एमाले लोसपा बीच तालमेल भएको थियो । समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूले एकता गरेपछि जसपा र विवेकशील साँझा पार्टी निर्णायक बनेका थिए । सबैभन्दा बढी पालिकामा जितेर जिल्लामा पहिलो बनेको नेकपा एमालेले जसपा र विवेकशीलसंग एकताको प्रयास भए पनि अन्त्यमा हुन भने सकेको थिएन ।
समन्वय समितिको निर्वाचनमा एमालेसँग ११ मत, नेपाली कांग्रेससँग ८ मत, लोसपासँग ६ मत, जसपासँग ४ मत, विकेकशील साझासँग २ मत, माओवादी केन्द्रसँग १ मत थियो । इन्दिप कोइराला/न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend