काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सो पार्टीका शीर्ष नेताहरूले आफनो पक्षमा पार्टी भित्र बहुमत रहेको जनाउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्दा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमवार बिहान भेटघाट गरेका संघीय परिषद अध्यक्ष भट्टराईले महत्वपुर्ण निर्णयमा तीनजनाको हस्ताक्षर हुने पार्टीको यसअघिको निर्णय स्मरण गराउँदै अध्यक्ष यादवको एकल निर्णय अस्वीकार गर्न पनि ध्यानाकर्षण गराएका छन् ।
‘मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपेन्द्रजीको एकल निर्णयलाई स्वीकार नगर्न प्रधानमन्त्रीको ध्यानाकषर्ण गराउने काम भयो,’ जसपाका एक नेताले भने, ‘पार्टीको महत्वपुर्ण निर्णयमा तीनजनाको हस्ताक्षर अनिवार्य भएकाले उपेन्द्रजीले एकल हस्ताक्षर गरेर पठाएको पत्रले आधिकारिकता नदिन पनि बाबुरामजीको तर्क थियो ।’
सो पार्टीको महत्वपुर्ण निर्णयमा भट्टराईसहित यादव र अशोक राईको हस्ताक्षर अनिवार्य गर्ने यसअघि नै केन्द्रीय कार्यकायरिणी समिति बैठकले गरेको निर्णय प्रधानमन्त्रीलाई अवगत गराएका छन् ।
‘बाबुरामजीले आज प्रधानमन्त्रीज्यूलाई भेटनु भएको थियो, भेटमा समसमायिक राजनीतिक बिषयमा कुराकानी भएको छ,’ केन्द्रीय कार्यकारिण समिति सदस्य मोहम्मद ईस्तियाक राईले भने । नेता राईले प्रधानमन्त्रीसँग भएको भेटमा भट्टराईलगायतका नेताले के-के विषयमा कुराकानी भएको प्रस्टाउने काम नगरे पनि अध्यक्ष यादवको एकल निर्णयलाई अस्वीकार गर्ने विषयमा जोड गरेको बुझिएको छ ।
अध्यक्ष यादव कृषि तथा सहकारीमन्त्री महेन्द्रराय यादवलाई मात्र सरकारवाट फिर्ता बोलाएर अन्यलाई यथावत राख्न चाहन्छन् भने बाबुराम समूह पार्टी भित्रको आन्तरिक सहमति अनुसार ६ महिनापछि मन्त्रिपरिषद्को पुरै ‘सेट’ परिवर्तन गरेर नयाँ अनुहारलाई राख्नुपर्नेमा जोड गर्दै आएका छन् । जसलाई यादवले अस्वीकार गरेपछि जसपा नेपालमा विग्रह बढ्दै गएको छ ।
स्थानीय तहको निर्वाचनको टिकट वितरणमा पनि यादवले एकलौटी गर्न खोजेको कारण पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको आरोप उनी माथि लाग्दै आएको छ । त्यसमाथि, मन्त्रिपरिषद् पुनर्गठनमा पुनः यादवले एकल हस्ताक्षर पठाउने सम्भावना देखेपछि भट्टराई समूह बालुवाटार पुगेको हो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend