Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मकवानपुरबाट ९६ केजी गाँजासहित तीन जना पक्राउ


    सोमबार, जेष्ठ ३० २०७९
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर।  भिमफेदी गाउँपालिका–९ चुनियाबाट ९६ किलो ८४० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    उनीहरुलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

    पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–२ रिठ्ठेपानी बस्ने ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका–९ घैराङ बस्ने ३७ वर्षीय ज्ञान बहादुर गोले र सोही गाउँपालिका–१० बलमटार बस्ने ४९ वर्षीय चन्द्र लामा रहेका छन् ।  

    ना.२ ह ३५६६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक अभिषेक सहित ३ जनालाई पक्राउ गरिएको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार