Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य ३०० रुपैयाँले घट्यो


    सोमबार, जेष्ठ ३० २०७९
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाली बजारमा आइतबारको तुलनामा सोमबार तोलामा ३०० रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 
    तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ । 

    चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार  भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार