काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय मागेर सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने माग गरेका हुन् ।
प्रधानमन्त्री देउवाको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको रहेको भन्दै उनले यसबारे संसदमा जानकारी दिनुपर्ने बताएका हुन् ।
सत्तारुढ दलकै प्रमुख सचेतकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द गर्नुपर्र्ने बताएको भन्दै सांसद ज्ञवालीले यो सामान्य विषय नभएकाले पनि सदनलाई जानकारी गराउनुपर्ने बताए ।
यसबारे प्रधानमन्त्री देउवाले संसदमा जानकारी गराउनुपर्ने भन्दै ज्ञवालीले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा सदन अनुत्तरित रहनु हुँदैन भन्ने मलाई लाग्छ । सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु ।’
प्रधानमन्त्री देउवा आउँदो असारमा अमेरिका भ्रमणमा जाने तयारी गरेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend