Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदमा शेरबहादुर तामाङले भने- गाँजाबाट प्राणघातक रोगको औषधि बन्न सक्छ, व्यवस्थित गरौँ


    आइतबार, जेष्ठ २९ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं ।  एमाले सांसद शेरबहादुर तामाङले प्रतिबन्धित् गाँजाको औषधीय गुणलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । 

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गाँजा बन्ने सीबीडी र सीबीडीबाट बन्ने औषधिले क्यान्सर, एड्सजस्ता प्राण घातक रोग निको पार्न सक्ने भन्दै व्यवस्थित गर्न आग्रह गरे । 

    गाँजाको औषधीय गुणलाई वैधानिकता गर्न सरकारसँग माग गर्दै उनले गाँजा खेतीबाट नेपालको पूर्वाधार विकास र राज्यको १६ खर्ब ऋण एक दुई वर्षमा तिर्न सकिने दाबी गरे । 

    गाँजालाई वैधानिकता दिनुपर्ने माग उठिरहेका बेला सांसद तामाङले यसको औषधीय गुण प्रयोग गर्न र गाँजा उत्पादन गरेर विदेश निर्यात गर्न माग गरेका हुन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार