Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछाडिबाट छोएको भन्दै महिलाले पुरुषलाई धकेलिदिएपछि…


    आइतबार, जेष्ठ २९ २०७९
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बेइजिङ । चीनको ताङ्सान सहरमा पुरुषहरूको एउटा समूहले महिलामाथि गरेको क्रुर आक्रमणको भिडियो भाइरल भएपछि नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसले सामाजिक सञ्जालमा आक्रोश निम्त्याएको छ र चीनमा लैंगिक हिंसाको बारेमा पुनः बहस सुरु भएको छ ।

    एउटा रेस्टुरेन्टमा एक जना पुरुषले आफ्नो हात महिलाको पछाडि राख्दा महिलाले घचेटेपछि विवाद निम्तिएको थियो । ती व्यक्तिले महिलालाई निरन्तर हानेको र महिला भुइँमा ढलेको देखिन्छिन् । मानिसहरूको समूहले रेस्टुरेन्टमा सँगै खानेकुरा खान आएका ती महिलाका साथीहरूलाई पनि कुटेको भिडियोमा देख्न सकिन्छ । 

    आक्रमणका कारण गम्भीर घाइते दुई महिलालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूको अवस्था स्थिर रहेको प्राप्त विवरणमा जनाइएको छ । अन्य दुई महिलालाई भने सामान्य चोट लागेको छ । 

    आक्रमणमा संलग्न नौ जनालाई पक्राउ गरेको ताङ्सान प्रहरीले जनाएको छ । हमलाले शनिबार चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्चा भएको थियो । सरकारी टेलिभिनले दोषीलाई कडा सजायको माग गरेको छ । ‘यस्तो घटना ममाथि पनि हुन सक्छ । हामीमध्ये कसैलाई पनि हुन सक्छ’,  एक टिप्पणीकर्ताले पोस्ट गरेका छन् । उनको पोस्टमा १ लाखले लाइक गरेका छन् । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार