Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्याङ्जामा १८ प्रहरीमा कोरोना पुष्टि


    सोमबार, साउन १२ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • स्याङ्जा । स्याङ्जामा १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण देखिएसँगै जिल्ला प्रहरी कार्यालय स्याङ्जा सिल गरिएको छ। गत मंगलबार तीन प्रहरीमा काेराेना पोजेटिभ भेटिएपछि यहाँका सबै प्रहरीको स्वाब परीक्षण गरिएको थियो। 

    स्वाब परीक्षणमा पठाइएका ४४ जनाको स्वाबमध्ये १८ जनामा संक्रमण पाइएपछि जिल्ला प्रहरी कार्यालयभित्र मात्र संक्रमितको संख्या २१ पुगेको छ। अरु नतिजा आउन बाँकी नै छ ।

    एक हप्तादेखि सिल रहेको प्रहरी कार्यालयमा प्रहरीलाई कार्यालय परिसरबाट बाहिर जान रोक लगाइएको छ भने सेवाग्राहीलाई पनि प्रवेशमा रोक लगाइएको छ। कुनै संघ संस्थाले जिल्ला प्रहरी कार्यालयमा पत्राचार गर्नुपरे वा सेवा लिनुपरे विद्युतीय माध्यम प्रयोग गर्न आग्रह गरिएको छ।

    संक्रमितलाई जिल्लाको हेलु र करेण्डाँडाको आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए। हालसम्म स्याङ्जामा २ सय २३ जना संक्रमितमध्ये ३३ जना आइसोलेसनमा छन्। २ जनाको मृत्यु भएको छ भने बाँकी १ सय ८८ जना कोरोनामुक्त भएर घर फर्केका छन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार