काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको जानकारी दिएका हुन् ।
यसरी भेटिएकामध्ये पाटन अस्पतालमा ललितपुरका तीन जना, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंमा एकजना र स्टार अस्पतालमा काठमाडौंको दुई जना हुन् ।
सोमबार देशभर १ सय ३५ जना काेराेना संक्रमित भेटिएका छन् ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ५ सय ६९ जना पुगेको छ। काठमाडौं उपत्यकाका ६ जना संक्रमित भेटिएको छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा ६ सय २६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १३ हजार ७ सय ५४ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ४ हजार ९ सय ५० रहेको छ ।
सोमबारसम्ममा १६ हजार ३ सय ७९ जना अझै क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा अहिलेसम्म तीन लाख ४२ हजार ४५७ जनामा पीसीआर परीक्षण गरिएको छ। संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ।