काठमाडौं । लामो समयदेखि जारी लकडाउनका कारण स्थगित परीक्षाहरुको मिति धमाधम सार्वजनिक हुँदै छ। पोखरा विश्वविद्यालय (पीयू) ले पनि स्थगित परीक्षाको बारेमा जानकारी दिएको छ ।
पीयूले सूचना जारी गर्दै रोकिएका परीक्षाहरु भदौ अन्तिमबाट सुरु हुने जनाएको हो । ती परीक्षाहरु दशैंअघि सकिसक्ने समेत सूचनामा उल्लेख छ ।
यसरी परीक्षा सञ्चालन गरिँदा सुरक्षा मापदण्ड अपनाइने समेत भनिएको छ । सरकारले भदौ देखि परीक्षा सञ्चालन गर्न सकिने जनाएको थियो । तर त्यसअघिको अवस्था हेरेर मात्र अन्तिम निर्णय हुने भनिएपनि विश्वविद्यालयहरुले परीक्षाको मितिहरुको बारेमा गृहकार्य थालेका छन् ।
यसअघि त्रिभुवन विश्वविद्यालयले पनि भदौको पहिलो साताबाट परीक्षा सञ्चालन गर्न सकिने जनाएको थियो ।