काठमाडदं । पछिल्ला दिनमा सुनको मूल्यमा क्रमिक वृद्धि भइ नयाँ कीर्तिमान हुने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । आज सुनको मूल्य एकैपटक तोलामा १ हजार २ दुई सय बढको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतबार प्रतितोला ९६ हजार ३ सयमा करोबार भएको सुनले आज महँगो हुने नयाँ कीर्तिमान कायम गरेको छ । त्यस्तै चाँदीको मूल्य १२ सय १० पुगेको छ ।
आइतबार चाँदीको मूल्य ११ सय ५० रहेको थियो । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको महासंघले जनाएको छ।