Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • आइतबार काठमाडौंमा भेटिए आठ संक्रमित


    आइतबार, साउन ११ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको जानकारी दिएका हुन् । 

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दुई जना, शुक्रराज ट्रपिकल तथा  तथा सरुवा रोग अस्पताल टेकुमा तीन जना, स्टार अस्पतालमा तीन जनासहित आठ जना भेटिएका हुन् । 

    काठमाडौंमा आठसहित आइतबार देशभर १ सय ३० जना काेराेना संक्रमित भेटिएका छन् ।

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १ जना पुगेको छ। काठमाडौं उपत्यकाका आठ जना संक्रमित भेटिएको छ ।

    नेपालमा पछिल्लाे २४ घण्टामा ७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १३ हजार १ सय २८ पुगेकाे छ ।

     नेपालमा अहिलेसम्म तीन लाख ४२ हजार ४५७ जनामा पीसीआर परीक्षण गरिएको छ। संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार