सप्तरी । राजविराज नगरपालिकाको नगरकार्यपालिका महिलातर्फ सदस्य पदमा निर्विरोध चयन भएका छन् । जनता समाजवादी पार्टीबाट ३ र नेपाली कांग्रेसबाट २ जना नगरकार्यपालिका सदस्य पदमा निर्विरोध चयन भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजका अनुसार जनता समाजवादी पार्टीबाट रेखादेवी मण्डल, घुरनी देवी रजक साँफी, मञ्जु कुमारी खड्का रजक र नेपाली कांग्रेसबाट सोनी कुमारी रजक, ललिता देवी कर्ण रहेकी छिन् ।
राजविराज नगरपालिका नगरकार्यपालिका महिलातर्फको ५ सदस्य पदका लागि भएको मनोनयन दर्तामा अरु कसैको उम्मेदवारी नपरेकाले उनीहरुलाई निर्विरोध घोषणा गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दलित अल्पसंख्यकतर्फको ३ पदका लागि भने निर्वाचन गरिने जनाएको छ । दलित वा अल्पसंख्यक खुल्ला सदस्यतर्फ जसपाबाट ईलिवास मियाँ, मो. बसिर, मनोज कुमार साह र माओवादी केन्द्रबाट केदार देव एमालेबाट धिरेन्द्र बर्माले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जनाएको छ ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित...
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका...
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो। बैठकको कार्यसूचीबारे विस्तृत जानकारी सार्वजनिक भएको...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend