Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • जुवाको रुपमा लुडो खेल खेल्ने ७ पक्राउ


    आइतबार, साउन ११ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । रमाइलोको लागि खेलिने लुडो खेलमा पैसाको कारोबार गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

    प्रहरीले शनिबार काठमाडौं–१४ सुनारगाउँबाट ठूलो रकम बाजी राखेर लुडो खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका हुन् ।

    २५ देखि ३० हजार प्रतिखेल बाजी राखेर लुडो खेल्ने गरेको सूचनाको आधारमा उनीहरुलाई समातिएको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ । 

    लुडो खेल्ने गरिएको घरका घरधनीलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार