Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्नेखालको छ: हृदयेश त्रिपाठी


    बुधबार, जेष्ठ १८ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सांसद हृदयेश त्रिपाठीले वित्तीय प्रणाली देशको अर्थतन्त्र ध्वस्त पार्नेखालको रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले भने, ‘अहिले जुन वित्तीय अनुशासन वा वित्तीय प्रणाली अपनाइरहेका छौँ, त्यो दूरगामी ढंगले नेपाली अर्थतन्त्रलाई ध्वस्त पार्ने एउटा अवस्था सृजना गराइसकेको छ । यसकारण रेकर्ड गराउन चहान्छु कि एक वर्षपछि यहाँका अर्थशास्त्री र सरकारी संयन्त्र सुधार्ने लाग्नुपर्छ ।’

    राजश्व संकलनको स्रोत सुनिश्चित नभएको भन्दै उनले देशको कर प्रणाली आयातमुखी  रहेको र यसलाई घटाउँदा राजश्व घट्ने हुँदा वैकल्पिक बाटो नलिएको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार