Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टायरमा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता


    बुधबार, जेष्ठ १८ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । टायरमा समस्या देखिएपछि झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ ।

    भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल स्राेतले जानकारी दिएकाे छ ।

    ६९ जना यात्रु सवार  रहेकाे फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान  ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । 

    स्राेतका  अनुसार जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार