उदयपुर । जिल्ला समन्वय समिति उदयपुरको नेतृत्व चयन गर्न जिल्लाका राजनीतिक दलले आन्तरिक रूपमा तयारी थालेका छन् । २०७४ मा तत्कालीन नेकपा एमालेले जिल्ला समन्वय समितिको सम्पूर्ण बोर्ड नै चयन गरेको थियो ।
जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुखसहित चारवटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट ३/३ जनाका दरले सदस्य निर्वाचित गर्ने प्रावधान रहेको छ ।
स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिमध्येबाट समन्वय समितिको उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचित वडा सदस्यमध्येबाट समन्वय समितिको उम्मेदवार बनाउने गरिन्छ । ती उम्मेदवारलाई गाउँपालिका/नगरपालिका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।
कुल आठवटा स्थानीय तह रहेको उदयपुरमा समन्वय समितिको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १६ जना मतदाता रहेका छन् ।
यस पटक समन्वय समिति निर्वाचनमा कांग्रेसका सात जना, नेकपा एमालेका पाँच र नेकपा (माओवादी केन्द्र)का तीन र नेकपा एकीकृत समाजवादीका एक जनाले मतदान गर्दैछन् । कांग्रेसले बेलका, त्रियुगा, कटारी नगरपालिकामा प्रमुख तथा ताप्ली, रौतामाई, लिम्चुङबुङ र उदयपुरगढीमा उपाध्यक्ष जितेको छ ।
नेकपा एमालेले चौदण्डीगढी नगरपालिकाको नगर प्रमख/उप्रमुख, त्रियुगा नगरपालिकाको उपप्रमुख, बेलका नगरपालिकाको उपप्रमुख र कटारी नगरपालिकाको उपप्रमुख जितेको छ ।
त्यसैगरी माओवादी केन्द्रले ताप्ली, रौतामाई र लिम्चुङबुङ गाउँपालिकाको प्रमुख र एकीकृत समाजवादीले उदयपुरगढी गाउँपालिकाको प्रमुख जितेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।
जिल्लाका अधिकांश स्थानीय तहको कार्यपालिका (बोर्ड) सदस्य पदको परिणाम सार्वजनिक भइसकेको छ । कार्यपालिका सदस्यको निर्वाचनपछि दलहरूको ध्यान जिल्ला समन्वय समितिको निर्वाचनतर्फ केन्द्रित हुन पुगेको हो ।
समन्वय समितिको नेतृत्व गर्न दलहरूबीच आन्तरिक तयारी भएको हो । तर, कुनै दलको स्पष्ट बहुमत पुग्ने अवस्था छैन ।
समन्वय समितिको निर्वाचन मिति यकिन नभए पनि पार्टीले आन्तरिक रूपमा तयारी सुरु गरेको एक नेताले बताए । पार्टीभित्र अनौपचारिक रूपमा छलफल भए पनि उम्मेदवारको टुंगो लगाउने विषयमा अझै प्रवेश नगरेको बताए ।
गठबन्धनबिना पुग्दैन बहुमत
गत वैशाखमा ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र जनमोर्चाबीच केन्द्रमा गठबन्धन बनेको थियो ।
तर, जिल्लामा भने केन्द्रको अनुरुप गठबन्धन हुन सकेन।
उदयपुरमा काग्रेसको सात मत रहेको छ । काग्रेसबाहेकका दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी मिले सुविधाजनक बहुमत हुने देखिन्छ ।
अर्थात् कांग्रेस–माओवादी गठबन्धन भए पनि बहुमत पुग्ने देखिएको छ । तर, कुन–कुन दलहरूबीच गठबन्धन हुन्छ भन्ने निश्चित भएको छैन ।
सोमबार भने गठबन्धनका दलहरूको बैठकले जिल्ला समन्वय समिति र बाँकी रहेका गाउँ/नगर कार्यपालिकाको गठनमा तालमेल गर्न निर्देशनि दिइसकेको छ ।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आज चीन प्रस्थान गरेका छन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको...
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend