मुगु । नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आईतवार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ ।
मंगलवार छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । छायाँनाथ रारा नगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार आईतबार विद्यालय बन्द गर्नु पर्दा हिमाली जिल्ला मुगुमा शिक्षा क्षेत्रमा असर पर्ने हुँदा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयलाई आईतबार बन्द नगर्ने निर्णय भएको नगर प्रमुख बिष्णु कुमार भामले बताए ।
नगर प्रमुख भामका अनुसार शनिवारबाहेक अन्य दिन निरन्तर विद्यालय सञ्चालन गरिनेछ । ‘सातामा दिइने दुई दिन बिदाले मुगुमा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा हामीले आईतबार विद्यालय बन्द नगर्ने निर्णय गरेका हौं ‘, नगर प्रमुख भामले भने ।
अझै पुगेनन् पाठ्यपुस्तक
शैक्षिक सत्र सुरु भएको करिब एक साता बितिसक्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । पुस्तक खरिदको जिम्मा पाएको जय लक्ष्मी पुस्तक भण्डारलाई जिल्लामा छिटो पुस्तक पुर्याउन निर्देशन दिइएकाे छ । जिल्लामा समयमै पुस्तक हातमा नपुग्दा पढाई बिथोलिएको छ । मुगुमा अन्य जिल्ला जस्तो ईन्टरनेटको गतिलो पहुँच छैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend