Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेका वडा सदस्य पक्राउ


    मंगलबार, जेष्ठ १७ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जना वडा सदस्यलाई पक्राउ गरेको छ।

    ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको जनाउँदै प्रहरीले धनुषाको शहीदनगर नगरपालिका–९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई पक्राउ गरेको हो।
        
    कार्यपालिका सदस्य छनोट गर्नका लागि मतदान गर्न आएको बेला नेकपा (माओवादी केन्द्र) बाट वडा सदस्यमा निर्वाचित बिराजीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

    पक्राउ परेका बिराजीमाथि थप अनुसन्धान भइरहेको प्रनाउ क्षेत्रीले बताए। बिराजीलाई आजै जिल्ला अदालतमा पेस गरिने छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार