काठमाडौं । प्रहरी प्रधान कार्यालयका एक हवल्दारमा कोरोना संक्रमण पुष्टि भएको छ । सवारी व्यवस्था शाखामा कार्यरत उनीमा कोरोना देखिएसँगै उनीसँग सम्पर्कमा आएकाहरु समेत आइसोलेसनमा रााखिएको छ ।
यस्तै गरी सञ्चार निर्देशनालयमा कार्यरत तीन जनामा पनि कोरोनाको लक्षण देखिएको छ । उनीहरुको पीसीआर परीक्षण गरिएको र रिपोर्ट समेत आइसकेको थाहा भएको छ । तर नतिजा भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
प्रहरी हेर्डक्वार्टरले यो खबर स्वास्थ्य मन्त्रालयबाट बाहिर आउने जनाएको छ । हालसम्म देशभर १ सय १५ प्रहरी संक्रमित रहेको र उनीहरुको सम्पर्कमा आएका सबैजसोलाई आइसोलेसनमा राखिएको बताइएको छ ।
स्रोतका अनुसार यतिबेला करिब २० जना प्रहरीलाई आइसोलेसनमा राखिएको छ। उनीहरुको समेत स्वाब परीक्षणका लागि पठाइसकेको बताइएको छ ।