Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बजेटमाथि छलफल जारी, वर्षमान पुन भन्छन्- कृषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम हो


    मंगलबार, जेष्ठ १७ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल चलिरहेको छ । गत आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमाथि मंगलबारबाट सामान्य छलफल चलिरहेको छ । 

    छलफलमा सहभागी सांसदहरुले बजेटको पक्ष र विपक्षमा धारणा राखिरहेका छन् । सोही क्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद वर्षमान पुनले कषिमा ३२ प्रतिशत बजेट बढाउनु क्रान्तिकारी कदम रहेको बताए । 

    ‘कृषिमा ३२ प्रतिशत बजेट बढाइएको छ । यो अत्यन्तै सकारात्मक र क्रान्तिकारी कदम हो’, पुनले भने । यसलाई उनले ’क्रान्तिकारी छलाङ’को समेत संज्ञा दिएका छन् ।

    ६१ प्रतिशत बढी कृषिमा रहेका जनशक्ति बेरोजगार र अर्धबेरोजगार रहेको बताउँदै उनले अहिलेको बजेटले कृषिको संरचनागत रुपान्तरणको दिशा समातेको बताए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार