Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विष्णु पौडेललाई मिनेन्द्र रिजालको प्रश्न– तपाइँको घोषणापत्र यो सरकारले किन लागु गर्ने ?


    मंगलबार, जेष्ठ १७ २०७९
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेस नेता मिनेन्द्र रिजालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट समयानुकुल रहेको बताएका छन् । 

    प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटमा समेटिका कार्यक्रम र रकम विनियोजनप्रति समर्थन जनाए । 

    आफूभन्दा अगाडि बोलेका एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई जवाफ दिँदै रिजालले भने, ‘संसद छलेर तपाइँले ल्याउनु भएको बजेट एक पटक हेर्नुहोस् । अहिले भन्नुभएको अघिल्लो वर्ष तपाइँले ल्याएको बजेटमा समेट्नु भएको भए हुन्थ्यो नि ।’ 

    सामाजिक सुरक्षाभत्ता पाँँच हजार नपु¥याएकोमा पौडेलको असन्तुष्टिप्रति रिजालले भने, ‘तपाइँको पार्टीको घोषणापत्रको कार्यक्रम यो सरकारले किन लागु गर्ने ?’ 

    भूमिका फेरिएसँगै विचार फेर्ने प्रवृत्ति नेताहरुले त्याग्नुपर्ने बताउँदै उनले अघिल्लो वर्ष एमाले सरकारले ल्याएको बजेट पनि चुनाव लक्षित नै रहेको स्मरण गराए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार