Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागुऔषधसहित एक युवक पक्राउ


    मंगलबार, जेष्ठ १७ २०७९
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीमा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । सिन्धुली कमलामाई २ का २१ वर्षीय देवेन्द्र कार्कीलाई १४ पत्तामा रहेको २ सय १० पीस लागू औषध नाईट्राभेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । 

    सम्सीवाट  गौशलातर्फ जाँदै गरेको  प्र २ ह ०७५१ नंको अटोलाई गौशाला समसी सडकस्थित कठधारनजिक चेक जाँच गर्दा कार्कीले बोकेको साइड झोलाबाट उक्त लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । कार्कीमाथि अनुसन्धान गर्न महोत्तरी जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार