Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वीरगञ्जमा आरडीटी पोजेटिभ देखिएका वृद्धको मृत्यु


    आइतबार, साउन ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • वीरगञ्ज । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ । वीरगञ्जको गण्डकी कोभिड अस्पतालमा ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो । 

    मुटुरोगले ग्रसित उनको आरडीटी परीक्षण पोजेटिभ आएपछि कोरोना अस्पतालमा रेफर गरिएको थियो । उनको पीसीआर परीक्षणको रिपोर्ट भने आइसकेको छैन । 

    गण्डक अस्पतालमा लगिएका उनको अवस्था बिग्रिएकाले भेण्टिलेटरमा राखेर उपचार गरेपनि आज बिहानै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

    पछिल्लो समय वीरगञ्जमा कोरोना संक्रमित देखिने क्रम ह्‍वात्तै बढेको छ । यही कारण शनिबारदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा समेत लागू गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार