Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको भाउ बढेको बढ्यै, आज ९६ हजार नाघ्यो


    आइतबार, साउन ११ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सुनको भाउले आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । आज तोलामा ५ सय बढेर सुनको भाउ प्रतितोला ९६ हजार ३ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो ।

    विश्वकै अर्थतन्त्र बिग्रिँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो हुँदै गएको महासङ्घले जनाएको छ ।  

    लकडाउनअघि चैत १० गते तोलाको ७७ हजारमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सयमा कारोबार भएको थियो ।

    त्यसयता उकालो लागेको सुनको भाउले रेकर्ड बनाउँदै गएको छ । नयाँ रेकर्ड बनाउँदै असारमा तोलाको ९० हजार नाघेको सुनको भाउ असार अन्तिममा ९२ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो । साउन लागेपछि थोरै घटबढ भएको सुनको भाउ गएको बुधबारदेखि भने दिनदिनै नयाँ रेकर्ड बनाउने क्रममा छ ।

    यही क्रममा आज अहिलेसम्मकै महँगो तोलाको ९६ हजार ३ सय पुगेको हो । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ५५ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार