Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तारा एयर दुर्घटना: १० जनाको शव काठमाडौं ल्याइयो


    सोमबार, जेष्ठ १६ २०७९
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । 

    काठमाडौं ल्याएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाउने तयारी छ । शव ल्याइने भएसँगै मृतकका आफन्त त्रिभुवन विमानस्थल पुगेका थिए । बाँकी शव भने भोलि मात्र ल्याउने तयारी गरिएको छ । एउटा शव भने अझै फेला पर्न सकेको छैन । 

    आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि विहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको ट्विनअटर जहाज उडेको केही समयमा नै सम्पर्कविहीन भएको थियो। आइतबार दिनभर खोजी गरिएपनि फेला नपरेको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेको पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

    Tara-air-press-realese.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार