बीरगंज । नक्कली नोट साटिरहेको अवस्थामा २ जना पक्राउ परेका छन् ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नोटहरु साट्दै गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट गएकोे टोलीले बहादुरमाई नगरपालिका ८ का पर्साका १९ बर्षीय राजबाबु साह तेली र पटेर्वा सुगौली गाउँपालिका घर भई बहादुरमाई बस्दैआएका २० बर्षीय अजय सहनीलाई सोमबार पक्राउ गरेको छ ।
रु १ हजार दरका २० हजार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् ।