Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रम मन्त्रालयको पुनः एकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान, ६५ हजार लाभान्वित हुने


    सोमबार, जेष्ठ १६ २०७९
    965
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  
     
    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल देशीय निर्देशक सुङहुन कोबीच शिष्टाचार भेटवार्ता भएको छ ।
     
    सोमबार अपराह्न मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच इपिएस मार्फत् कोरिया गई फर्किएका नेपालीका लागि संचालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको सम्भावित साझेदारीका बिषयमा विचारविमर्श भएको थियो ।
     
    इपिएस मार्फत् कोरिया गई फर्किएका नेपालीका लागि संचालन हुने परियोजनामा कोरियाली अन्र्तााष्ट्रिय सहयोग नियोग (कोइका) ले आठ मिलियन अमेरिकी डलर अर्थात् करिव ९६ करोड रुपैंयाँ सहयोग प्रदान गरेकोमा मन्त्री श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले उपलब्ध गराएको उक्त रकम सम्वद्ध सरकारी निकायको क्षमता अभिबृद्धि, पुनः एकीकरण सम्वन्धी सूचनामा पहुँच, कोरियाबाट फर्केर आएका नेपालीहरुको उद्यमशिलता सम्वन्धी क्षमता अभिवृद्धि र वित्तीय पहुँचमा खर्च हुनेछ । उक्त रकम नेपाल सरकारको बजेट प्रणालीमा आवद्ध भई संचालन हुनेछ ।
     
    कोरियामा ६५ हजारभन्दा बढी नेपाली श्रमिकहरु ईपीएसमार्फत् गएका छन् । उनीहरू स्वदेश फर्किएपछि पुनः एकीकरण र सीपमूलक तालिमका लागि कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले सहयोग उपलब्ध गराएको हो ।
     
    मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षमा सातवटै प्रदेशमा सीप विकास तालिम प्रतिष्ठान संचालन गर्ने सरकारको योजना रहेको बताउनुहुँदै कोरिया सरकारसँग सहकार्यको लागि इच्छुक रहेको उल्लेख गर्नुभएको थियो । दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीबाट करार अवधि सकिएर फर्किएका कामदारलाई पुनः एकीकरण तालिम सञ्चालन गर्न गण्डकी, बागमती, लुम्विनमा पूर्वाधार निर्माण गर्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार