Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • पुनरावलोकनको सुनुवाई हुँदै, कोइरालालाई संजाय भए प्रधानन्यायाधीशले राजीनामा देलान् ?


    आइतबार, साउन ११ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आफ्नै श्रीमती गीता ढकालको हत्या अभियोगमा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनमा आइतबार सुनुवाइ तय भएको छ । कोइरालाको मुद्दा न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा परेको छ ।
    आजको सुनुवाइमा निस्सा दिई कोइरालामाथि कारबाही भएमा के हुन्छ भन्ने कौतुलहता ब्याप्त छ । महान्यायाधीवक्ता कार्यालयले दर्ता गरेको पुनरावलोकन निवेदनमाथिको सुनुवाइले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला सच्याउँदै रञ्जन कोइरालालाई थुनामा पठाउला त ? यो जिज्ञासा सर्वत्र छ ।

    रञ्जन कोइरालाको कैदसंजाय घटाउने आदेश दिएको खण्डमा प्रधानन्यायाधीश राणामाथि नैतिक प्रश्न तेर्सिनेछ । आफूले गरेको फैसला त्रुटिपूर्ण भएको आदेश दिएको खण्डमा प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ कि पर्दैन ? श्रीमतीको बिभत्स हत्या गर्ने कोइरालाको संजाय घटाउने आदेशका बिरुद्ध परेको पुनरावलोकनमा प्रधानन्यायाधीश राणासहित सहित न्यायाधीश केसीले गरेको फैसला सही हो भनेमा यो नजीरका कारण दूरगामी असर पर्ने चिन्तामा नागरिक समाज सडकमा ओर्लिसकेको अवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार