Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पतिको दीर्घायु र सुस्वास्थ्यका लागि वट सावित्री पूजा


    सोमबार, जेष्ठ १६ २०७९
    790
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरी । तराई मधेसका महिलाहरूले धुमधामले साेमबार वटसावित्रीको पूजा गरेका छन् । तराई मधेशका  महिलाले पतिकाे दीर्घायु, सुस्वास्थ्य र परिवारको सुखका लागि परापूर्वकालदेखि  यो पूजा गर्दै आएको जनविश्वास छ।

    साेमबारकै दिन प्राचिनकालमा सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएदेखि यो पूजा गर्दै आएको धार्मिक विश्वास रहेको स्थानीय रिना झाले बताइन्। 

    अघिल्लो दिन व्रतालु महिलाले नुहाई ध्वाई चोखो खाने र  भोलिपल्ट अर्थात् आज वरको रूखको फेदमा विभिन्न प्रकारका मिठाइ,फलफुल,चढाइ बाँसले बनाएको पंखाले हम्किने, धागो बाँधेर वरको रूखको फेदमा सात पटक घुम्ने, कथा पढ्ने र व्रत बस्ने गरेको स्थानीय व्रतालु विनीता देवले बताइन्।

    उनले भनिन, ´वर्षमा एक पटक गरिने यो पूजा पहिला ब्राह्मण, देव, कर्ण जातले मात्र गर्दै आए पनि यो पूजालाई एकदमै सकारात्मक लिएर तराई मधेशका सबै जातजातिका महिलाहरूले उत्साह र विधिविधानले एक दशक यता गर्दै आएका छन्।’

    साथै व्रतालु स्थानीय रिना सिंहले भनिन्, ´घरमा वरको हाँगा रोपेर गर्ने चलन भए पनि मन्दिरमा रोपिएको वरको रूखमा सामूहिक रूपमा पूजा गरेर कथा सुन्नुको मज्जा अर्कै हुन्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार