काठमाडाैं । कबड्डी-४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा आफूमाथि दुर्व्यवहार भएको भन्दै अभिनेत्री मिरूना मगर अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी छन् ।
काठमाडौंको सिभिल मलमा आइतबार साँझ एक युवकले पछाडिबाट अस्वाभाविक रुपमा छोएको भन्दै उनले प्रहरी वृत्त, जनसेवामा अभद्र व्यवहारको कसूरमा जाहेरी दिएकी हुन् ।
उनको जाहेरीको आधारमा प्रहरीले आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको छ ।
कबड्डी-४ सिनेमाको कास्ट आइतबार प्रोमोसनको लागि त्यहाँ पुगेका थिए।
पक्राउ परेका तामाङमाथि अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीको तयारी छ।