Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आरजु देउवालाई हराउने पुस्करनाथ ओझा कांग्रेसबाट निस्कासित


    आइतबार, साउन ११ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले कैलालीका पुष्करनाथ ओझालाई पाँच बर्षका लागि पार्टीबाट निस्कासित गरेको छ । उनलाई २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली ५ मा उम्मेदवारी दिएकी डा. आरजु देउवालाई अन्तर्घात गरी हराएको आरोपमा निस्कासित गरेको हो । 

    ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पुराना नेता ओझालाईश टिकट नदिई सभापति शेरबहादुर देउवाले आरजुलाई उम्मेदवार बनाएका थिए । जसका कारण त्यस क्षेत्रमा उनलाई टुरिष्ट उम्मेदवार भन्दै मतदाताले आरजुलाई अस्वीकार गरी नेकपाका नारदमुनि रानालाई जिताएका थिए । ठूलो धनराशी खर्च गर्दा पनि तत्कालीन एमालेका तर्फबाट उम्मेदवार भएका रानासँग पराजीत भएपछि आरजु ओझासँग आक्रोसित थिइन् । ओझाले आरजुलाई हराउन कुनै भूमिका नखेले पनि उनी चुनावमा नखटेकाले उनलाई अन्तर्घात गरेको आरोपमा पार्टीबाट निस्कासित गरिएको छ ।

    त्यसैगरी, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पराजीत गर्न बागी उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीलाई पनि अनुशासन समितिले निस्कासन गरेको छ । निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरेको थियो । उनका समर्थकलाई पौडेल हराउन परिचालन गरेको भन्दै उनलाई पार्टीबाट निस्कासन गरिएको छ ।

    नेपाली कांग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बे, उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेको समितिले शनिबार दुई नेतालाई पाँच बर्ष कांग्रेसबाट निस्कासित गर्ने निर्णय गरेको हो ।

    डडेल्धुरा कांग्रेसका नेता रामबहादुर विष्टलाई ३ वर्षका लागि पार्टीबाट निस्कासित गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ । उनलाई भने सभापति देउवाकै निर्देशनमा निस्कासन गरिएको छ । सभापति देउवा भने वाम तालमेलका बाबजुद डडेलधुराबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

    फोटोः गोविन्दराज जोशी र पुस्करनाथ ओझा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार