Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • बालिकाको हकमा केही नसोची हदम्याद हटाऔं, अन्यकामा पुनर्विचार गरौँ – राष्ट्रियसभा सदस्य पौडेल


    शनिबार, जेष्ठ १४ २०७९
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।राष्ट्रियसभा सदस्य डा. विमला राई पौडेलले बालिका बलात्कृत भएको घटनामा केही सोच्दै नसोची उजुरी लिने हदम्याद हटाउनुपर्ने बताएकी छिन् ।  अन्यको हकमा भने पुनर्विचार आवश्यक रहेको बताइन् ।

    बालिका हुँदा बलात्कृत भए घटनाबारे उजुरी दिन नसक्ने स्थिति हालै सार्वजनिक भएको ८ वर्षअघिको बलात्कार घटनाले पुष्टि गरेको उनी बताउँछिन् ।

    ‘बालिकाको सवालमा चाहिँ हदम्याद पूर्ण रूपमा हटाइनुपर्छ । त्यसो भएपछि बालिका हुँदा बलात्कृत भएको तर हिम्मत नपुगेका कारण उजुरी गर्न नसकेको अवस्था हो भने पीडितले पछि उजुरी गर्न सक्छन्’, डा. पौडेलले  भनिन्, ‘किनभने शारीरिक र मानसिक रूपमा परिपक्‍व भएर हिम्मत जुटाउँदै उजुरी दिन समय चाहिँदोरहेछ ।’

    उनले बालिकाबाहेकका हकमा भने हदम्याद हटाउनु पहिले अध्ययन आवश्यक रहेको बताएकी छिन् । 

    ‘बालिकाको हकमा जसरी पूर्णरूपमा केही नसोची जसरी हदम्याद हटाउनुपर्छ भन्यौँ, अन्यको हकमा पुनर्विचार वा पुनरवलोकन गर्नुपर्छ भनेका छौँ । किनभने अनुसन्धान आवश्यक छ’, पौडेलले बताइन् । 

    शुक्रबार राष्ट्रियसभा सदस्य कमला पन्त प्रस्तावक भएर राष्ट्रियसभामा बालिकाको हकमा हदम्याद हटाउनुपर्ने र अन्यको हकमा पुनर्विचार गर्नुपर्ने मागसहितको सङ्‍कल्प प्रस्ताव दर्ता भएको छ । 

    प्रस्तावका समर्थकहरू पौडेलसँगै अन्य राष्ट्रियसभा सदस्यहरू प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह (गरिमा), गङ्‍गाकुमारी बेल्वासे र तुलप्रसाद विश्‍वकर्मा छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार