Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मर्स्याङ्दी प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ हजार ३ सय युवाले पाए रोजगारी


    शनिबार, जेष्ठ १४ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ।प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २ हजार ३ सय युवाले रोजगारी पाएका छन् । मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङख्यामा युवाले रोजगारी पाएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् ।

    यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको संख्या दुई हजार ३०० रहेकामध्ये एक हजार ३ सय ६३ पुरुष र ९ सय ३७ महिला छन् । तीमध्ये उक्त संख्याले रोजजगारी पाएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमका लागि कुल  बजेट  दुई करोड ८० लाख २० हजार रुपैयाँ रहेको पालिकाले जनाएको छ ।

    गाउँपालिका अध्यक्ष गुरुङले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको र यसले गाउँ विकासका साथै युवाले रोजगारी पाउँदा उनीहरुलाई थप सहज भएको बताए । रोजगारी पाएका युवाले पालिकाका विभिन्न स्थानमा बाटो र सिँढी बनाउने, नयाँ बाटो खोल्ने, नाली निर्माण गर्ने, मोटरबाटो सोलिङ गने, बाटो सफा गर्ने लगायतका काम गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार