Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चले फैसला उल्ट्याएको भोलिपल्टै पक्राउ परे रञ्जन कोइराला


    शुक्रबार, जेष्ठ १३ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परका छन् । बिहीबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

    उनलाई काटमाडौंको बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्ययका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिए । 

    हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले गरेको फैसला बिहीबार सर्वोच्च अदालतले उल्टाएसँगै कोइराला फरार थिए । 

    कोइरालालाई श्रीमती हत्या अभियोगमा कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे ८ वर्षमा झार्ने राणासहितको इजलासको फैसला सर्वोच्चले उल्टाएको थियो । कोइराला साढे ८ वर्ष कैद भुक्तान गरेर रिहा भएका कारण अब उनले साढे ११ वर्ष कैद भुक्तान गर्नु पर्ने छ । कोइरालाले श्रीमती गीताको काठमाडौंमा हत्या गरि पालुङ पुर्‍याएर जलाएका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार