Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निजगढ विमानस्थल रोक्ने आदेशबारे नेपालको आशंका- राष्ट्रिय गौरवको परियोजना किन रोकियाे ? पक्कै कुनै गलत तत्वले काम गरेको छ


    शुक्रबार, जेष्ठ १३ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थलको निर्माण कार्य रोक्नुको पछाडी गलत मनसाय हुनसक्ने शंका व्यक्त गरेका छन् । 

    शुक्रबार प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रको छलफलमा बोल्दै नेता नेपालले निजगढ विमानस्थल रोक्नुपर्नाको कुनै कारण नभएको भन्दै गलत मनसायले नै काम रोकेको हुन सक्ने बताएका हुन् । 

    ‘निजगढ विमानस्थल क्षेत्रमा पहिले घना जंगल थियो तर अहिले छैन । खुल्ला ठाउँमा विमानस्थल बनाउन लाग्दा पनि किन रोकियो ?’ प्रश्न गर्दै नेपालले भने, ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले अघि बढाएको परियोजनामा किन रोक्ने काम गरियो ? यसमा  पक्कै कुनै तत्वले काम गरेको छ ।’ 

    बिहीबार मात्र सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गर्दै निजगढ विमानस्थलको निर्माण सम्बन्धि सम्पूर्ण प्रक्रिया तत्काल रोक्न आदेश जारी गरेको छ । ​

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार