चितवन । भरतपुर महानगरकी मेयर रेनु दाहाल शुक्रबार दिउँसो सवारी दुर्घटनामा परेकी छन् ।
उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडीकाे टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको थियाे ।
ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेर टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ।