Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युवालाई कृषिमा प्रोत्साहन


    शनिबार, साउन १० २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बलेवा । खेतबारीमा काम गर्ने जनशक्तिको अभाव र उब्जनीमा किसानको विश्वास कम भएकै कारण कृषिजन्य उत्पादन निर्यात गर्ने गलकोट नगर क्षेत्रमा अहिले तरकारीसमेत बाहिरी बजारबाट आउँछ । “खेतीयोग्य जमीन प्रशस्तै छन् तर उब्जनी घटेको छ”, नगरप्रमुख भरत शर्मा गैह्रेले भन्नुभयो, “अब हामी उत्पादन बढाउनेतिर लागेका छौँ ।” कोरोना कहरले देश फर्केका युवाको परिचालन गरेर कृषिजन्य उत्पादन बढाउने योजना नगरपालिकाले बनाएको छ ।

    नगर युवालाई कृषि प्रतिको उत्प्रेरणा जगाउने योजनामा छ । कृषिमा आत्मनिर्भर बनाउन ‘मेरा लागि म आफैँ उब्जाउँछु’ कार्यक्रम तयार भएको छ । ‘नगर प्रमुख रोजगार कार्यक्रम’ र महिलासँग उपप्रमुख रोजगार कार्यक्रम’लाई सदुपयोग गर्ने योजना नगरको छ । “जमीन हुने किसानले बाँझो नराखून्, कम्तीमा आफूलाई चाहिले अन्न र तरकारी आफैँले उत्पादन गरून्”, गैरे भन्नुहुन्छ, “आयात प्रतिस्थापन नै निर्यातको आधर विन्दु हुनेछ ।” नीति तथा कार्यक्रममै कृषिलाई प्राथमिकतामा राखेर स्वरोजगारमूलक उत्पादनमा लगाउने योजना नगरले बनाएको छ । ‘नगरप्रमुख रोजगार कार्यक्रम’ २८ लाख बजेटको हो । ‘महिलासँग उपप्रमुख रोजगार कार्यक्रम’लाई ४० लाख बजेट छ । अङ्कका हिसाबले सानो देखिने बजेटबाट परिणाम प्रभावकारी निकाल्ने योजना रहेको नगरप्रमुख रेनुका काउचा बताउनुहुन्छ । सातौँ नगरसभाबाट आगामी दुई वर्षमा तरकारीमा आत्मनिर्भर, पाँच वर्षमा मासु तथा मासुजन्य पदार्थमा आत्मनिर्भर गराउने योजना बनाएको नगरले वडास्तरमा ‘मेरा लागि म आफैँ उब्जाउँछु’ कार्यक्रम सञ्चालनमा ल्याउने छ । लक्ष्य प्राप्तिका लागि यो कार्यक्रम प्रभावकारी हुने नगरका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो ।

    आफ्ना लागि आवश्यक अन्न, तरकारी तथा माछामासुजन्य पदार्थ आफैँ उत्पादन भएमा मात्र कृषिमा आत्मनिर्भर गर्न सक्ने उहाँको धारणा छ । सामूहिक तथा सहकारीमार्फत खेती गर्ने, दरमखोलाको असला माछा संरक्षण गर्ने, विदेशबाट आएकालाई रोजगारी सृजना गर्ने काममा प्रोत्साहन गर्ने नीति लिएको प्रमुख गैरेले बताउनुभयो । किसानलाई उत्पादनका आधारमा अनुदान, प्रविधि मैत्री कृषि प्रणाली, तालीम गोष्ठी र अनुभव आधार प्रदानका आधारमा उत्पादनसँग युवा जोड्ने योजनामा नगरपालिका छ । “देशमै तिलोत्तमा नगरपालिका र मुसिकोट नगरपालिकाका प्रयास राम्रा छन् भन्ने सुनेको छु”, गैरे भन्नुहुन्छ, “उहाँहरुका अनुभव हेरेर थप योजना र विधि बनाउँछौँ ।” गलकोटले युवालाई व्यावसायिक बनाउँदै कृषिमा आत्मनिर्भर हुने योजना अघि सारेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार