Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    शुक्रबार, जेष्ठ १३ २०७९
    780
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    बिभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा ठूलो रकम हिनामिना गरेको पाइएपछि अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

    अख्तियारे मुद्दा दायर गरेका अन्यमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देव राज जोशी, तत्कालीन इन्जिनियर पुर्ण कुँवर, तत्कालिन सब–इन्जिनियर भक्तराज जोशी, तत्कालीन सब–इन्जिनियर नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धन बहादुर बिष्ट र निर्माण व्यवसायी सन्तोष जोशी रहेका छन् ।

    अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसँग ४२ लाख ५३१ रुपैयाँ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देव राज जोशीसँग ६ लाख ६८ हजार २२० रुपैयाँ, तत्कालिन इन्जिनियर पुर्ण कुँवरसँग ४८ लाख ७८ हजार ७५१ रुपैयाँ, तत्कालिन सब–इन्जिनियर भक्तराज जोशीसँग २७ लाख ५८ हजार ४३२ रुपैयाँ, तत्कालिन सब–इन्जिनियर नरेन्द्र शाहीसँग २१ लाख २० हजार ३१९ रुपैयाँ र निर्माण व्यवसायी सन्तोष जोशीसँग ३७ लाख ९८ हजार ९४५ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार