Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नदीको सतह बढ्यो, शतर्कता अपनाउन आग्रह


    शुक्रबार, साउन ९ २०७७
    3.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मनसुनको कारण पछिल्लो केहीदिन देखि वर्षाहुने क्रम जारी छ । 

    शुक्रबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव सामान्य बढ्दो क्रममा छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा बहाव स्थिर छ तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै छ ।

    आज नारायणीमा बहाव बढेर सतर्कता तहसम्म पुग्नसक्ने तर खतरा आसपास हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यसैले चितवन र नवलपरासीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । आगामी ३ दिन कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका केहि सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार