Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसिड प्रहार गर्ने आलमको बयान, ‘आफ्नै हात पोलेपछि के रहेछ भन्‍ने भयो’


    शुक्रबार, साउन ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँको बाफलमा बिहीबार एक युवतीमाथि एसिड प्रहार भयो । ओखलढुङ्गा घर भएकी २२ वर्षीया युवतीमाथि हिजो साँझ एसिड प्रहार भएको थियो ।

    एसिड प्रहार गर्ने आक्रमणकारीले भने रक्सी भनेर फ्याँकेको तर आफैंलाई पोलेपछि के चीज रहेछ भन्ने भएको बताएका छन् । उनले साहुको आदेशमा एसिड प्रहार गरेको बयान दिएका छन् । बिहीबार राति ११ बजे पक्राउ परेका भारतीय नागरिक मुन्ना मोहम्मदले यसका लागि आफूले एक रुपैंयाँ पनि नपाएको समेत भनेका छन् ।

    मुन्नाले बयानमा साहुले आफूलाई रक्सीको बोतल दिएको र केटीलाई फ्याँक्न भनेको र आफूले सोही अनुरुप गरेको बताए । पढ्न लेख्न नआउने भएकाले आफूलाई केही थाहा नभएको तर हातमा परेर पोलेपछि यो के हो भन्ने भएको उनले बयान दिएका छन् ।

    रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले कामदार लगाएर ओखलढुंगा घर भएकी पवित्रा कार्कीमाथि एसिड प्रहार गरेका थिए । तर, महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत एक्सनका कारण मुन्ना र मोहम्मद बिहीबार राति ११ बजे पक्राउ परेका हुन् ।

    घटनास्थल नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले मुन्नालाई पक्राउ गरेको हो । साहु मोहम्मदले पनि अभियोग स्वीकारी सकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार