Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेनाको कुटपिटबाट युवकको मृत्यु, घटना छानबिनमा सेनाले सहयोग गर्ने


    शुक्रबार, साउन ९ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षामा रहेका सेनाले स्थानीय एक युवकलाई कुटेको र युवकको मृत्यु भएको घटना छानबिनमा सेनाले सहयोग गर्ने जनाएको छ। अधिकार प्राप्त सरकारी निकायले गरेको छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता सेनाले जाहेर गरेको हो । 

    नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो प्रतिबद्धता जाहेर गरेको हो । यस्तै घटनाबारे सेनाले आन्तरिक छानबिन समेत सुरु गरेको जनाएको छ । 

    राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट नै मृत्यु भएको परिवारको दावी छ । उनको बिहीबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको थियो। राजकुमारका बुबा विष्णु चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन भाग गरेका छन् ।

    सेनाको कुटपिटपछि घर आएका राजकुमार बिरामी भएपछि अस्पताल लगिएको परिवारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार