काठमाडौँ । काठमाडौँको बाफलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुङ्गा घर भएकी २२ वर्षीया युवतीमाथि हिजो साँझ एसिड प्रहार भएको हो ।
निज युवतीको अनुहारमा एसिड प्रहार भए पनि उनी अहिले खतरामुक्त रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामलाल ज्ञावलीले बताउनुभयो । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
एसिड प्रहारमा संलग्न रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं,डल्लु बस्ने मोहमद आलम र काठमाडौं डल्लु बस्ने मुन्ना महमद भारतीय नागरिक पक्राउ परेका हुन् ।उनीहरुलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर सहितको प्रहरी टोलीले पक्राउ गरेको हो ।