Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति ल्याए ?


    बिहिबार, जेष्ठ ५ २०७९
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कास्की । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् । 

    ५५ हजार २६७ मत गन्दा आचार्यले २२ हजार ८५२ मत ल्याएर अग्रता जोगाइराखेका छन् । उनलाई एमालेका उम्मेदवार कृष्ण थापाले २० हजार १३२ मत ल्याएर पछ्याइरहेका छन् । आचार्यको मत थापाको भन्दा २ हजार ७ सय २० बढी छ । 

    यस्तै राप्रपाका शंकर खरालले दुई हजार ३०४ र स्वतन्त्र उम्मेदवार गनेश पौडेलले एक हजार ३१२ मत ल्याएर आचार्य र थापालाई पछ्याइरहेका छन् । 

    यसैगरी, उपमेयरमा गठबन्धनकी उम्मेदवार कोपिला रानभाट बिहान एमाले उम्मेदवार मन्जुदेवी गुरुङभन्दा पछि थिइन् । तर अहिले उनी पनि झिनो मतान्तरले अगाडि छन् ।  कोपिला रानाभाटले २३ हजार १६४ मत ल्याएर अग्रता लिइरहेकी छन् । उनलाई २३ हजार २१ मत ल्याएर एमालेकी मन्जु गुरुङले पछ्याइरहेकी छन् । 

    राप्रपाकी रन्जना सेनले दुई हजार ९९ मत ल्याएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार