Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानीय निर्वाचनः आज कहाँ-कहाँ हुँदैछ मतदान ?


    मंगलबार, जेष्ठ ३ २०७९
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ३० वैशाखमा स्थगित भएका क्षेत्रमा पुनः मतदान भइरहेको छ । सोमबार केही क्षेत्रमा मतदान भएकोमा आज मंगलबार काभ्रे, कञ्चनपुर, बाजुरा र अछाममा मतदान हुँदैछ ।

    निर्वाचन आयोगका अनुसार आज काभ्रेको पाँचखाल नगरपालिका-१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका-१० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिका-८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिका-५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुँदैछ । 

    मंगलबार तनहुँको व्यास नगरपालिका-८ को भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार